बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन चलचित्र बजारमा नेपाली चलचित्रको खडेरी ? फेरि पुराना ८ चलचित्र फर्किए हलमा !

बुधबार, मंसिर २० २०७४

काठमाडौँ मंसिर, २०–
पछिल्ला केही बर्ष यता नेपाली सिने बजारमा सिनेमाको आईरोनै चलीरहेका बेला यसपालको मंसिर महिना भने चलचित्रको खडेरी परिरहेको छ । चलचत्रि हलमा यति बेला न कुनै चलचित्र लागेका छैन् न त दर्शकको उपस्थिती नै । नेपालमा भईरहेको चुनाबको कारणले चलचित्र हलमा लाग्न डराइका हुन् या नेपाली सिने बजारले चलचित्र निर्माण गर्ने नै छाडिदियो रु चलचित्र रिलिजका लागि अरु बेला तछाड मछाड गर्ने सिने बजार अहिले साच्चै सुस्ताएको देखिन्छ ।

हलमा अहिले कुनै पनि चलचित्र नायाँ छैनन् छन् त मात्र पुराना चलचित्र । जो दर्शक नभए पनि फेस बुक स्टाटसमा रामाईरहेका छन् । हुनत चलचित्रको इतिहासमा दोस्रो पटक हलमा लाग्नु निकै फाइदा पुगेको छ । चलचित्रले पुन रिलीजको अबसर पाउदा के कतिको नाफा हुन्छ भन्ने कुरा चलचित्र पुनः रिलिज पश्चात नै थाहा होला तर दर्शकको अभाव भने हलहलमा प्रत्यक्ष अबालोकन गर्न सकिने कुराहो ।

अहिले हलहरुमा पुनः रिलिज भएका चलचित्रहरुमा ‘प्रेमगीत २’ , ‘ म यस्तो गीत गाउछु’, ‘फाटेको जुत्ता’, ‘किङ्ग’, ‘ए मेरो हजुर २’ , ‘जात्रा’, ‘दुई रुपैया’ ’मेला’ लगायतका चलचित्रहरु ।