काठमाडौ मंसिर, १८–
जनता बैंकले १४ दशमलव ५० प्रतिशत अर्थात १ अर्ब ७० लाख ९१ हजार ९ सय ३५ रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने घोषणा गरेको छ । बैकका अनुसार यही मंसिर १५ गते बसेको सञ्चालक समितीको २ सय ३९ औं बैंठकले लाभांस बितरणको घोषणा गरेको हो ।
उक्त घोषणा नेपाल राष्ट्र बैकको स्वीकृती एवं बैकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । हाल ६ अर्ब ९९ करोड रुपैयाँ चुक्ता पुंजी रहेको बैंकले बोनस सेयर बितरण पश्चात भने चुक्ता पुंजी ८ अर्ब १ करोड रुपैयाँ पुग्ने जनाएको छ । बैकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमै ६ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।