बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनएमबि बैंक २०१७ कै उत्कृष्ट नेपाली बैंक सावित

आइतबार, मंसिर १७ २०७४

 
काठमाडौ मंसिर, १७–
एनएमबि बैंकलाई लण्डन स्थित फाइनान्सियल टाइम्सद्वारा सन् २०१७ को गौरवपूर्ण सम्मान बैंक अफ दि ईयर २०१७ प्रदान गरिएको छ । उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरुमध्येको एक उत्कृष्ट बैंक भएको प्रमाण हो भनें  बैंकले विगतका केही वर्षहरुमा गरेको उल्लेखनीय प्रगतिको समेत साक्षी हो । एफएमओ, नेदरल्याण्ड्ससँग विदेशी  साझेदारका रुपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ्ग अन् भ्यालुज् (जिएबिभि) को सदस्य  रहेकाले बैंकको गरिमा अझ उच्च् हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुगेको छ ।    
 
२०१७, नोभेम्बर २९ तारिख, लण्डनमा आयोजित अवार्ड वितरण समारोहको भव्य सन्ध्यामा एनएमबि बैंकका अध्यक्ष श्री पवन कुमार गोल्याण र प्रमुख कार्यकारी अधिकृत श्री सुनील के.सी.ले संयुक्त रुपमा उक्त सम्मान ग्रहण गर्नु भएको छ ।
बैंक अफ दि ईयर अवार्ड विश्वव्यापी रुपमा बैंकिङ्गका लागि तोकिएको मापदण्ड अनुसार उत्कृष्ट ठहर भएका बंैकलाई दिइने प्रतिष्ठित सम्मान हो । बैंकले आफ्ना शेयरहोल्डरहरुलाई प्रदान गरेको लाभ, बैंकको वित्तीय कार्यक्षमताको प्रदर्शनी, शेयरहोल्डरहरुको मुल्य मान्यता, सेवाग्राहीहरुको सक्रियता लगायत अन्य माणकहरुका आधारमा विजेताको छनोट गर्ने गरिन्छ । सो अवार्ड बैंकले आफ्ना सेवाग्राहीहरु र सम्पूर्ण सरोकारवालाहरुलाई उत्कृष्टता प्रदान गर्न निरन्तर गरिरहेको प्रयत्न प्रतिको एक पुष्ट्याईं पनि हो ।
 
यो अवार्ड बैंकलाई निरन्तर साथ दिंदै आउनु भएका आदरणीय ग्राहक महानुभावहरु, शेयरहोल्डर महानुभावहरु, कर्मचारीहरु, नियमनकारी निकायहरु र शुभेच्छुक महानुभाव एवं संघ संस्थाहरु सबैमा सगर्व समर्पित गर्दछौं । समृद्ध नेपाल निर्माणमा अझ कडा मेहनतका साथ जुट्न हामीलाई हाम्रो यो सफलताले अझ प्रतिबद्ध बनाएको छ ।”