बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाको उद्घोष्–‘अबको प्रधानमन्त्री पनि मै हु’

आइतबार, मंसिर १७ २०७४

 

काठमाडौं मंसिर, १७–
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा पनि नेपाली कांग्रेसले बहुमत ल्याउने र आफै प्रधानमन्त्री हुने दाबी गरेका छन् ।  

आइतबार रिपोर्टर्स क्लब नेपालले  कैलालीमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । उनले भने, ”कांग्रेसको बहुमत आउँछ । कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु ।”
प्रधानमन्त्री देउवाले दोस्रो चरणमा हुने २१ गतेको निर्वाचन सकिएसँगै 
मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने र गणतन्त्र कार्यान्वयन हुने देउवाको भनाई छ ।