बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्वावलम्बन बैंकको लाभांश पारित

आइतबार, मंसिर १७ २०७४

काठमाडौ मंसिर, १७–
स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १६ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।  संचालक समितिका अध्यक्ष बिजेन्द्र सुवालको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २० प्रतिशत बोनस र ११ दशमलव ५७ प्रतिशत नगद गरी ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

बैंकले आर्थिक वर्ष २०७३—०७४ मा २६ करोड ४१ लाख ११ हजार ९ सय ३४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७३—०७४ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्म ५४ जिल्लाका एक सय २३ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट दुुई लाख १८ हजार ३ सय ८२ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा बैंकको लगानीमा रहिरहेको कर्जा रकम ८ अर्व २५ करोड ५७ लाख ५६ हजार पुगेको छ । बैंकको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ४ अर्व ७० करोड ३० लाख ५२ हजार रहेको छ । 

राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकका रुपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको बैंकको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साथै, यसै साधारण सभाले जारी तथा चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार सात सय कायम गर्ने निर्णय समेत गरेको छ ।