बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ज्योति बिकास बैंकले खोल्यो, राप्तीको मौरीघाटमा शाखा

आइतबार, मंसिर १७ २०७४

काठमाडौ मंसिर, १७–
ज्योति बिकास बैंकले राप्ती गाउँपालिकाको मौरीघाटमा शाखा बिस्तार गरेको छ । बैंकले देशभर आफ्नो सेवाविस्तार गर्ने क्रममा मंसिर १५ गते शुक्रबारदेखि दाङ जिल्लाको राप्ती गाँउपालिका ४, मौरीघाटमा नयाँ शाखा कार्यालय स्थापना गरी एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्याएको हो । 
राप्ती गाँउपालिका वडा नं. ४ भित्र पहिलो बैंककोरुपमा शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको समुद्घाटन समारोहका प्रमुख अतिथि राप्ती गाँउपालिका प्रमुख नुमानन्द सुवेदीे तथा बैंक संचालक समितिका अध्यक्ष् हरि चन्द्र खड्काले संयुक्तरुपमा गरेका हुुन । यो समेत गरी दाङ जिल्लामा बैंकको ४ बटा शाखा कार्यालय भएका छन् ।
आफ्नो सेवा क्षेत्रलाई ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रमका सभापति एंव बैंकको संचालक समितिका अध्यक्ष खड्काले जानकारी दिएकाछन । कार्यक्रममा राप्तीे गाँउपालिका वडा नं. ४ का अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री, राप्ती उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टोप बहादुर कार्की, सिसहनीया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, बैंकका कम्पनी सचिव मदनकुमार महत , राप्तीे गाँउपालिकाको विभिन्न वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिले बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्दै बधाई दिएका थिए ।
बिसं २०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषिउत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।
हालसम्म बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्तापूँजी दुुई अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।