काठमाडौं मंसिर, १६–
शुक्रबार लायन्स क्लव अफ भुटनदेवीको आयोजनामा हेटौडाको बुद्धचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजमा क्रियाशिल विभिन्न संघसंस्थाले उक्त रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । ईनटरनेशनल क्लव ट्विनिङ क्लवकी चियर पर्सन अंकिता सुमार्गीका अनुसार ईन्टरनेशनल क्लव ट्विनिङ प्रोजेक्ट, लाईन्स क्लव लकनाउ मेट्रोपोलिसन, लाईन्स क्लव अफ ढाका रिजेन्सीले नेपाल लगायतले भारत र बाङलादेशमा एकैचोटी संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन् । सो रक्तदान कार्यक्रममा महिला पुरुष गरि ५३ जनाले रक्तदान गरेको सुमार्गीले जानकारी गराईन् । कार्यक्रमको प्रमुख अतिथि बंङलादेशका पिडिजि सफिकल आजम भुईया रहेको सुमार्गीको भनाई छ । सिनियर डिष्ट्रिक्ट एड्भाईजर लायन राम श्रेष्ठ, शम्भु नकर्मी, विष्णु गोपाल महर्जन, करुणा महत, रमा श्रेष्ठ लगायत अन्य क्लवका सदस्यहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।