बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बन्धुकधारीले होस्टलमा अन्धाधुन्ध गोली चलाउदा ९ को मृत्यु, ३७ घाइते

शुक्रबार, मंसिर १५ २०७४

काठमाडौं मंसिर, १५–
पाकिस्तानमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको  छ ।  पेशावरस्थित एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई) को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा  कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

 अहिले पनि अपरेशन जारी छ र, मृतकको संख्या बढ्नसक्ने डन न्यूजले  जनाएको  छ । 
अपरेशनका क्रममा तीन बन्धुकधारी पनि मारिएका छन् । घटनामा दुई सैनिक पनि घाइते भएका छन् ।