काठमाडौ मंसिर, १५–
गोर्खाज फाइनान्सले सुर्खेत जिल्लाको विरेन्द्रनगर तल्लो बजारमा शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि सुर्खेत उद्योेग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी तथा गोर्खाज फाईनान्सका अध्यक्ष श्री महेन्द्रलाल राईले संयुक्तरुपमा उक्त शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुुन् ।
यो संगै फाइनान्सको १९ शाखा, ४ एटिएम, इएमभी चिपयुक्त डेबिट कार्ड, मोबाइल बैंकिङ, ई–बैंकिङ, आश्वा, एबिबिएस, आइपिएस, रेमिटेन्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउदै आएको छ ।