बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगामी शनिबार र आईतबार पनि बैंकहरु खुल्ने

बिहिबार, मंसिर १४ २०७४

काठमाडौ मंसिर, १४–
नेपाल राष्ट्र बैकले आगामी शनिवार र आईतबार अर्थात यही मंसिर १६ र १७ गते सार्वजनिक बिदा परेपनि बैंक तथा फाईनान्स कम्पनीहरुलाई कारोबार खुल्ला गर्न निर्देशन दिएको छ । राष्ट्र बैकले बिहिबार बैंक तथा फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे दोस्रो चरणको निर्वाचन हुुने ४५ जिल्लामा यही मंसिर १६ र १७ गते सार्वजनिक बिदा परेपनि बैंक तथा फाईनान्स कम्पनीहरु खुल्ला राख्न निर्देशन दिएको हो । बिदाकाकारण भुक्तानीमा असुबिधा हुुने भन्दै नेपाल सरकार अर्थमन्त्रालय र बित्तीय क्षेत्र व्यवस्थापन महाशाखा समेतको पत्रका आधारमा बैैक तथा फाईनान्स कम्पनीहरुलाई सेवा सुचारु राख्न निर्देशन दिएको हो ।