बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिविरुद्धको मुद्दाको सुनुवाई आज

बिहिबार, मंसिर १४ २०७४

काठमाडौं मंसिर, १४–
बिहिबार उच्च अदालतमा ८० न्यायाधीशको नियुक्तिविरुद्ध परेको मुद्दाको सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

करिब १३ महिना पहिले महान्यायाधीवक्ता कार्यालयका दुर्गाबन्धु पोखरेललगायतले सो  नियुक्तिविरुद्द मुद्दा हालेका थिए।

 आज उक्त मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सुनुवाइ थाल्ने भएको हो।

मुद्दा दायरकर्ताले तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वको न्यायपरिषदले ८० न्यायाधीशको नियुक्ति गर्दा न्याय परिषद् ऐन २०४७ ले तोकेको कार्यविधि र न्यायपरिषदका सदस्यहरूलाई समेत छलेको आरोप लगाएका  थिए ।