बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोबल आईएमई बैंक र जर्मनको के.एफ.डब्लुुबीच सम्झौता

बुधबार, मंसिर १३ २०७४

काठमाडौ मंसिर, १३–
ग्लोवल आईएमई बैंक र जर्मनीको के.एफ.डब्लुुबीच सम्झौता भएको छ । ग्लोबल आईएमई बैक, जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत के.एफ.डब्लु डेभलपमेन्ट बैंक, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक विच दिगो तथा ग्रामिण बिकास कार्यक्रम अन्र्तगत नेपालका ग्रामिण भेगको जनताको जीबनस्तर सुधार्नका लागि ग्लोबल आइएमई बैंक लि. मार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

उक्त सम्झौता पश्चात के.एफ.डब्लु डेभलपमेन्ट बैंकको बित्तीय तथा प्राविधिक सहयोग माफर्त नेपालका ग्रामिण भेगका उद्यमी व्यवसायीलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले सर्व सुलभरुपमा  साना तथा मझौला तथा कृषि कर्जा उपलब्ध गराउनेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ असोज मसान्तसम्म एक खर्व चार अर्व ९४ करोड  निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल एक सय आठ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, एउटा वटा सिडिएससि काउण्टर, एक सय २६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५० शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।  त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।