बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महालक्ष्मी बिकास बैंकको चार वटा शाखा सञ्चालन

मंगलबार, मंसिर १२ २०७४

काठमाडौ मंसिर, १२–
महालक्ष्मी बिकास बैंकले एकै पटक चार वटा शाखा बिस्तार गरेको छ । बैकले बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी चार शाखाहरुबाट एकै साथ बैकिङ्ग कारोबार सञ्चालन गरेको हो । 
सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा शाखाहरु सञ्चालन गरेर महालक्ष्मी विकास बैक उक्त स्थानहरुमा शाखा खोल्ने प्रथम राष्ट्रियस्तरको विकास बैक बन्न सफल भएको छ ।
 नयाँ शाखाहरु सहित बैकको शाखा संख्या ७० पुगेको छ भने एटिएम संख्या ३५ रहेको छ । बैंकले छिटै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।  विकास बैकहरुमा सबैभन्दा बढी चुक्ता पुँजीभएको महालक्ष्मी विकास बैकले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपँैया निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।