बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्रीका अंगरक्षकको मृत्यु, मृत्युको कारण हृदयाघात

मंगलबार, मंसिर १२ २०७४

काठमाडौं मंसिर, १२–
विनाविभागीय मन्त्री शिज्वकुमार मण्डलका अंगरक्षकको मृत्यु भएको छ । वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका माओवादी नेता मण्डलका  अंगरक्षक ४६ वर्षीय रामबहादुर बुढाको हृदयाघातका कारण मंगलबार बिहान मृत्यु भएको हो ।   दैलेख घर भएका  बुढा  नेपाली सेनाका जमदार तहमा कार्यरत थिए । चिकित्सकले उनको  हृदयाघातका कारण निधन भएको  बताएका छन् । उनी बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए । 
मन्त्री मण्डलको विराटनगर १ पोखरियास्थित निवासमा सुतिरहेका वेला राति अचानक असहज मसुस गरेपछि उनलाई उपचारका लागि विराटनगर अस्पताल भर्ना गरिएको थियो।
उपचारका लागि अस्पताल पुर्‍याउनासाथ बिहान रातको १ः४५ बजे बुढाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।