काठमाडौं मंसिर, ११–
चर्चित गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पाश्र्व गायनमा निकै व्यस्त बनेकी गायिका राईको ‘मेरो जिन्दगीको’ बोलको गित सार्वजनिक भएको हो ।
उक्त सार्वजनिक गीतको भिडियोमा मेलिनाले आफै मोडलिङ गरेकी छिन् । त्यस्तै, भिडियोमा रेवत राईले उनलाई साथ दिएका छन् । उक्त गीतमा जगत नबोदितको शब्द तथा तारा प्रकाश लिम्बुको सङ्गीत रहेको छ । अलग एल्बम अलग उपहारमा संग्रहित यस गीतको भिडियोलाई मेलिनाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
ओम प्रसाईको छायाङ्कन रहेको यसगीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । प्रेम भाव व्यक्त गर्ने यसभिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।