बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अज्ञात समूहले चलाएको गोली लागेर २ प्रहरी गम्भिर घाइते

आइतबार, मंसिर १० २०७४

काठमाडौं मंसिर, १०–
सिरहामा अज्ञात व्यक्तिको गोली प्रहारबाट दुई सुरक्षाकर्मी गम्भिर घाइते भएका छन् । सिराहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् । 

 जिल्ला प्रहरी कार्यालय, सिराहाले आइतबार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकमिा कार्यत उनीहरु घाइते भएको जनाएको छ ।

गोली कसले र किन चलाएको भन्ने बारेमा खुलेको छैन ।

मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।

घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला, धरान लगिएको छ । सिराहामा यसअघि दुई स्थानमा बम विस्फोट भएका थिए ।