काठमाडौ मंसिर, १०–
नेप्से आज २१ दशमलव ५ अंंकले बढेर १५ सय १४ दशमलव ३४ बिन्दुमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि ४ दशमलव ७२ अंकले बढेर ३ सय १९ दशमलव १५ बिन्दुुमा चढेको छ । एक सय ५५ कम्पनीहरुको ५ हजार ६ सय ४१ वटा कारोबारमा १० लाख ७४ हजार १ सय ९६ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ५९ करोड ४ लाख ४४ हजार ९सय ११ रुपैयाँ पुगेको छ ।
कुुल १० वटा समुहको कारोबार भएकोमा ट्रेडिङ समुहको सुचक ६ दशमलव ३४ अंकले घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेको छ । बीमा समुहको सुचक ८२ दशमलव १२ अंकले बढेर ८ हजार ६३ दशमलव २१ अंकमा कायम रहेकोमा ९ करोड ५८ लाख २० हजार ५ सय रुपैयाँको कारोबार भएको छ । बाणिज्य बैक समुहको सुचक १८ दशमलव ७ अंकले बढेर १२ सय ९८ दशमलव ८८ अंकमा कायम रहेकोमा २८ करोड ३८ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ । बिकास बैंक समुहको सुचक १८ दशमलव ९७ अंकले बढेर १७ सय ७१ दशमलव ७७ अंकमा कायम रहेकोमा २ करोड ६३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ । जलविद्युत समुहको सुचक ६८ दशमलव ५ अंकले बढेर १९ सय ९० दशमलव ६४ अंकमा कायम रहेकोमा ७ सात करोड ६९ लाख ६३ हजार २ सय रुपैयाँको कारोबार भएको छ । फाईनान्स समुहको सुचक २ दशमलव ७६ अंकले बढेर ७ सय ५६ दशमलव २३ अंंकमा कायम रहेकोमा २ करोड ६ लाख १२ हजार ७ सय रुपैयाँको कारोबार भएको छ ।
यसबाहेक होटल, उत्पादनमुलक, अन्य लघुबित्त समुहको सुचक पनि बढेका छन् । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ नयाँ नेपाल लघुबित्त बिकास बैंक ३०२६ १०
२ कर्णाली बिकास बैंक २८१ ९.७७
३ जनउत्थान सामुुदायिक लघुबित्त संस्था ३६६० ६.८६
४ लक्ष्मी लघुबित्त बित्तीय संस्था १३७८ ६
५ शाईन रेसुंगा डेभलपमेन्ट बैंक ४२८ ५.९०
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ बिशाल बजार कम्पनी १९३१ ४.८७
२ एभरेष्ट बैंक (संस्थापक) ७८४ ३.९२
३ मिसन डेभलपमेन्ट बैंक २५५ ३.७७
४ मिथिला लघुबित्त बिकास बैंक १२०० ३.६१
५ रिलायन्स फाईनान्स १५२ ३.१८