रुकुम मंसिर, १०–
रुकुमको काँडा मतदान केन्द्रमा रहेको मतदान केन्द्रमा मतपेटिका जलाईएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले काँडास्थित रन्न आधारभूत विद्यालय क मतदान केन्द्रमा मतपेटिका जलाइदिएपछि मतदान कार्य स्थगित भएको हो ।
मतपेटिका जलाईए लगत्तै मतदान पुनः नियमित गर्न भन्दै बसेको सर्वदलीय बैठकले स्थगित मतदान आउदो २१ गते मात्रै गर्ने निर्णय गरेको छ । नेकपाका कार्यकर्ताले क मतदान केन्द्रको एउटा मतपेटिका जलाइदिएका हुन् ।
मतपेटिका जलाउने कार्यमा संलग्न ३ जना पक्राउ परेको बताईएको छ । मतपेटिका जलाएपछि त्यहाँ तनाव समेत उत्पन्न भएको थियो ।