डोल्पा मंसिर, १०–
डोल्पाका ६६ मतदान केन्द्र मध्ये अहिले ५८ मतदान केन्द्रमा मतदान भैरहेको छ । जिल्लाका बाँकी ८ वटा केन्द्र अहिलेसम्म सम्पर्कविहीन छन् ।
अहिलेसम्म डोल्पाका ८ मतदान केन्द्रमा मतदान सुरु भएको या नभएकोबारे केही थाहा हुन सकेको छैन ।
उपल्लो डोल्पाको शे–फोक्सुन्डो, डोल्पो बुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका अन्तर्गतका केन्द्रहरुमा सम्पर्क हुन नसकेको हो ।
शे–फोक्सुन्डोका याङजेर गुम्बा, फोद गाउँ, कु गाउँ केन्द्र र डोल्पो बुद्धको पुरानो कलाङ, छार्काताङसोङ गाउँपालिकामा पर्ने सप्तकोशी, कागकोट र घेराङ मतदान केन्द्रमा सम्पर्क हुन नसकेको डोल्पाका प्रमुख जिल्ला अधिकारीले जनाए ।
मतदान सुरु भएका ५८ मतदान केन्द्रमा अहिले सम्म २५ प्रतिशत मतदान भएको छ ।