रुकुम मंसिर, १०–
रुकुमको बाँफिकोट मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । बाँफिकोट गाँउपालिका ५ को रत्न आधारभुत माध्यामिक विद्यालय क मतदान केन्द्रको प्रतिनिधिसभातर्फको मतपेटिकामा आगजनी भएको छ । मतपेटिकामा एसिड राखेका कारण आगजनी भएको आशंका गरिएको छ । उक्त मतपेटिकामा २५० मत खसिसकेको मतदान अधिकृत नन्दलाल महतोले जानकारी गराए । अहिले उक्त केन्द्रको मतदान कार्य स्थगित गरिएको छ ।