बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दोलखाको मतदान केन्द्रमा उत्पन्न, गुलेलीमा ढुंगा राखेर प्रहार गरियो

आइतबार, मंसिर १० २०७४

काठमाडौं मंसिर, १०–
दोलखा  जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ । 

प्रहरीका अनुसार मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव उत्पन्न भएकाले बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ ।

मतदान केन्द्र भन्दा माथिबाट बुथ कब्जा गर्न आएको समूहले अहिले  ढुङगामुढा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको हो ।   उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार  समेत गरिरहेको प्रहरीले  जनाइएको छ ।
यो ठाउँमा गत स्थानीय तहको चुनावमा पनि बुथ कब्जा गर्न खोज्दा तनाव भएको थियो ।