बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मतदान केन्द्रमा हिउँ, तापक्रम शुन्य डिग्रीमा

आइतबार, मंसिर १० २०७४

१० मंसिर, काठमाडौं
चिसो थेग्न नसकेपछि उपल्लो मुस्ताङवासी भोट हाल्ने दिन कुर्दै डोल्पाको छिमेकी गाउँमा बसेका छन् ।

कर्णालीका ३ सय ७७ मतदान केन्द्रमध्ये कालिकोटबाहेक ३० केन्द्रमा हिउँँ जमेको छ ।

मनाङ, मुस्ताङ र गोरखाका हिमाली क्षेत्र अधिकांशमा तापक्रम शून्य डिग्री झरेको छ । हिमाली मतदाताले आइतबार हिउँँले पुरिएको बाटो छिचोल्दै मतदान गर्दैछन् ।

प्रदेश ६ को कर्णाली क्षेत्रका उच्च हिमाली भेगमा केही दिनअघि हिउँ पर्‍यो ।

हिमपात रोकिए पनि गाउँबस्ती र पाखा अझै सेताम्मे छन् । मतदान केन्द्र पुग्ने गोरेटोमा हिउँ पग्लिसकेको छैन । जुम्लाका ६० वटै केन्द्रमा तापक्रम शून्य डिग्रीमा झरिसकेको छ ।

‘मतदान केन्द्र वरपर हिउँ जमेको छ, तर थप हिमपात नभए चुनाव प्रभावित नहुने गरी सम्पूर्ण तयारी मिलाइएको छ,’ प्रदेश ६ को निर्वाचन समन्वय गरिरहेको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयकी सूचना अधिकारी शोभा अधिकारीले भनिन्, ‘चिसोले जनजीवन कष्टकर भए पनि मतदाता परिचयपत्र उत्साहजनक रूपमा वितरण भएको छ ।’ निर्वाचनप्रति स्थानीयको धेरै चासो देखिएको उनले बताइन् ।, यो खबर आजको कान्तिपुरमा छ ।