बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रसुवामा १३ राउण्ड हवाई फायर

शुक्रबार, मंसिर ८ २०७४

रसुवा मंसिर, ८–
 मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि बिहिबार राति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ । 

लोकतान्त्रिक गठबन्धन र कम्युनिष्ट गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको र अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । 

मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उनले जानकारी दिए । रासस