बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस–माओवादी कार्यकर्ताबीच झडप, एकजनाको अवस्था गम्भिर

शुक्रबार, मंसिर ८ २०७४

रुकुम मंसिर, ८–
 नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् । झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार साँझ मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगामुढा गरेपछि दोहोरो झडप भएको हो । झडपमा घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको उहाँका श्रीमान् कुलबहादुरले जानकारी दिए ।
झडपमा सहभागी चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । रासस