बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पुत्रशोकमा रहेका प्रचण्ड भन्छन्ः ‘मानिसको जीवनमा पुत्र विगोय सबैभन्दा ठूलो शोक रहेछ ।’

बिहिबार, मंसिर ७ २०७४

 

काठमाडौं मंसिर, ७–
बिहिबार प्रचण्ड निवासमा आयोजना गरिएको प्रकाश दाहालको श्रदाञ्जली सभामा स्वर्गीय प्रकश दाहालका पिता समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका हरेक युवा युवतीमा प्रकाशकै अनुहार देखेको बताएका छन् ।   

उक्त श्रदाञ्जली सभामा विभिन्न दलका  शीर्ष नेताहरुका साथै कूटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा प्रचण्डले आफ्ना छोराको सम्झनामा दिएको वक्तव्य बाचन गरिएको थियो ।
अध्यक्ष प्रचण्डले बाल्कालमा आफूले छोरालाई समय समेत दिन नपाएकोमा खिन्नता समेत प्रकट गरेका थिए । सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दा फेर्दै पढाइ लथालिंग भएको भन्दै उनले भने, ‘अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन् । बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बुबाको रुपमा उनीमाथि न्याय गर्न सकिनँ ।’
प्रचण्डले कसै कसैले प्रकाशलाई आफ्नो छोरा मात्र रहेको भनेर परिचित गरिदिएकोमा दुःख लागेको समेत गुनासो गरे । उनले छोरा प्रकाश  प्रविधि, संगठन र व्यवस्थापनमा पोख्त रहेको र आफ्ना लागि छोरा भन्दा बढी सहकर्मी र सहयोद्धा रहेको समेत तर्क गरेका छन् । प्रचण्डले   भनेका छन्, ‘एमान्दारीतापूर्वक भन्छु, प्र्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगविना सफल हुने थिएन ।’
उनले भने, ‘पुत्र विगोय मानिसको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि ।’ वक्तव्य बाचन भइरहँदा मञ्चमा रहेका प्रचण्ड र सीता दाहाल निकै भावुक बनेका थिए ।

​उक्त वक्तव्यमा यसप्रकार रहेको छः