बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हिमालयन जनरलले १५ प्रतिशत नगद दिने

बुधबार, मंसिर ६ २०७४

 
काठमाडौ मंसिर, ६–
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितीको २ सय १९ औं बैठकले कम्पनीको २०७४ असार मसान्तसम्म कायम भएको चुक्ता पुंजी ३८ करोड ५२ लाख रुपैयाँको १५ प्रतिशतको अनुपातमा ५ करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको नगद लाभांंस बितरण गर्ने घोषणा गरेको हो । 
लाभांस बितरण सम्वन्धी सञ्चालक समितीले गरेको निर्णय बीमा समितीको स्वीकृती एवं कम्पनीको आगामी २४ औं बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।