चितवन मंसिर ५–
मंगलबार वाम गठवन्धनको कार्यक्रममा गीत गाउदा गाउदै जनावादी गाएक एवम् माओवादी केन्द्रका पूर्व सांसद खुसीराम पाख्रिनको मृत्यु भएको छ । गायक पाख्रिनले बामगठबन्धनको चुनावी सभामा आईतबार निधन भएका प्रकाश दाहालकोबारेमा गीत गाउदै थिए ।
उनले उठ जाग यूवाहरु बोलको गीत गाएर यूवाहरुलाई उत्साहीत बनाएका थिए । त्यसपछि मञ्चमा बसेका उनले केहीबेरपछि अफ्ठारो भयो भन्दै असहजिलो माने र लगत्तै ढलेका थिए ।
त्यसपछि उनलाई अखिल क्रान्तिकारी पूर्व उपाध्यक्ष गोपाल न्यौपाने लगायतका माअोवादीका स्थानीय नेताले अस्पताल लगे । अस्पताल जाँदाजाँदै पाख्रिनले बाटो वान्ता गरेका थिए । न्यौपानेका अनुसार उनको शरीर चिसो भैसकेको थियो ।
उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो ।
अस्पतालमा लगेपछि त्यहाँ डाक्टरले ढिला भैसकेको खवर सुनाए ।
डाक्टरका अनुसार जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातले मृत्यु भएको हो ।
पहिला अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरे ।
पछि जुन मञ्चमा उनी ढलेका थिए, त्यहीँबाट मृत्यु भएको घोषणा गरियो ।
गत आईतबार मात्र प्रचण्ड पुत्र प्रकाश दाहालको पनि हृदयघातबाट मृत्यु भएको थियो ।