काठमाडौ मंसिर, ५–
आगामी मंसिर १० गते नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । ५ बर्षमा परिपक्व हुने गरी बैदेशिक रोजगार बचतपत्र २०७९“क” जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार बार्षिक १० प्रतिशतको दरमा ६÷६ महिनामा ब्याजदर भुक्तानी उक्त बचत पत्र यही मंसिर २९ गतेसम्म खुल्ला रहने छ । सावाँ भुक्तानी मिती भने २०७९ पुस ५ गते तोकिएको बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न राष्ट्र बैकले जानकारी दिएको छ ।
बचत पत्र खरिदको लागि सिटिजन्स् इण्टरनेशनल बैंक लिमिटेड, एनएमबि बैंक, नबिल बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, सन्राइज बकैं, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर आईएमई लिमिटेड र सेवा रेमिटमा आवेदन दिन सकिने छ ।