बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चुनावी कार्यक्रम स्थगित नगर्न प्रचण्डको निर्देशन

आइतबार, मंसिर ३ २०७४

 

काठमाडौं मंसिर, ३–
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो छोरा प्रकाशको निधन भएका कारण  विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरु स्थगित गर्न थालेपछि प्रचण्डले चुनावी कार्यक्रम स्थगित नगर्न निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न  सिंगो पार्टी कमिटीलाई निर्देशन दिएका छन् ।

प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि विभिन्न जिल्लामा रहेका माओवादी नेताहरु कार्यक्रम स्थगित गरेर राजधानी फर्किएका छन् ।

अहिले पेरिसडाँडास्थित पार्टी कार्यालयमा दाहालको शव श्रद्धाञ्जलीका लागि राखिएको छ । दाहाललाई श्रद्धाञ्जली दिन माओवादी कार्यालयमा मानिसहरुको खचाखच उपस्थिति देखिएको छ ।

आजै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा प्रकाश दाहालको अन्त्यष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।