काठमाडौं कात्तिक, ३०–
नेप्सेमा बिहिबार पनि पहिरो गएको छ । नेप्से आज १५ दशमलव ७३ अंकले घटेर १४ सय ८९ दशमलव ६ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि ३ दशमलव ३३ अंंकले घटेर ३ सय १३ दशमलव १२ अंकमा पुुगेको छ । कुुल १ सय ५८ कम्पनीहरुको ५ हजार ७ सय ८५ वटा कारोबारमा ९ लाख ३० हजार ४ सय ४७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम ४४ करोड १० लाख ५ हजार रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १० वटा समुहको कारोवार हुंदा १० वटैको सुुचक घटेपछि नेप्से पुरै रातो देखिएको छ । बीमा समुहको सुचक ६९ दशमलव ३३ अंकले घटेर ८ हजार ४७ दशमलव ६९ अंकमा पुुगेकोमा १२ करोड ३३ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बाणिज्य बैंक समुहको सुचक १४ दशमलव ८१ अंकले घटेर १२ सय ७० दशमलव ७० अंकमा पुुगेकोमा १५ करोड ४१ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैंक समुहको सुचक २६ दसमलव ५८ अंकले घटेर १७ सय ४९ दसमलव ९८ अंकमा पुुगेकोमा २ करोड ३ लाख ७१ हजार ५ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि २४ दशमलव १५ अंकले घटेर १८ सय ७३ दशमलव १७ अंकमा पुुगेकोमा ३ करोड ३१ लाख ३ हजार ५ सय रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेका अनुसार आज ट्रेडिङ, होटल, फाईनान्स, लघुबित्त, अन्य र उत्पादनमुुलक समुहको सुचकमा पनि उच्च अंकले गिरावट आएको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ हिमालयन डिष्ट्रिलरी लि. १३५५ ९.९८
२ ङादी हाईड्रो पावर कम्पनी २४१ ३.४३
३ रिडी हाईड्रो पावर कम्पनी १५३ ३.३६
४ जानकी फाईनान्स २४५ २.९४
५ एनसीसी बैंक ३५० १.७४
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ नेपाल हाईड्रो डेभलपर कम्पनी ३०६ ४.९६
२ मल्टीपर्पोस फाईनान्स २६७ ४.६४
३ कैलास बिकास बैंक २७६ ४.१८
४ रिलायन्स फाईनान्स १९० ३.६०
५ मञ्जुुश्री फाईनान्स १३८ ३.४९