काठमाडौं कात्तिक, ३०–
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामाग्रीमा आगो लगाइदिएका छन् ।
निर्वाचनको विरोधमा रहेका नेत्रविक्रम चन्द नेतृत्वका कार्यकर्ताले बुधबार हिमा गाउँपालिका २ रनुखानागाउँमा निर्वाचन शिक्षा सामाग्री जफत गरी जलाएका हुन् ।
मतदातालाई निर्वाचन शिक्षाका दिन गाँउमा पुगेका स्वयम् सेवक जयश्वर चौलागाई र राधा श्रेष्ठसँग उनीहरुले सामाग्री जफत गरि जलाएका हुन् ।