बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रोल्पामा राज्यमन्त्री पुन चढेको गाडीमा बम प्रहार

बिहिबार, कार्तिक ३० २०७४

 काठमाडौं कात्तिक, ३०–
रोल्पामा सिंचाई राज्यमन्त्रीलाई लक्षित गरी बम प्रहार गरिएको छ । सिंचाई राज्यमन्त्री समेत रहेका रोल्पामा कांग्रेसको तर्फबाट  प्रतिनिधिसभा सदस्यका  उम्मेदवार  रहेका पुनलाई सुतली बम प्रहार गरिएको  हो । 

सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका २ जौलिपोखरीमा आयोजना हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा उनी माथि बम प्रहार गरिएको हो ।  उनी चढेको गाडीमा   सुवर्णावती गाउँपालिका–१ घोडागाउँको भाग्रीबाङमा दिउसो १ बजे अज्ञात समूहले पुन सुतली बम प्रहार गरेको रोल्पा प्रहरीले जनाएको  छ  । विष्फोटबाट कुनै क्षति भने भएको छैन् । उक्त क्षेत्रमा अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।