काठमाडौ कात्तिक, ३०–
कन्काई बिकास बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक ३४ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ८९ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी ४१ करोड ६० लाख रुपैयाँ रहेको बैकले चालुु आवको पहिलो त्रैमासिकमा १ अर्ब ४९ करोड ९ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २५ करोड १३ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २ करोड ५५ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा १ दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।