काठमाडौं कात्तिक, ३०–
होचा कलाकार दिपेन शाहको निधन भएको छ । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका मार्फत चर्चा कमाएका होचा कलाकार दिपेनको बिहिबार बिहान १९ बर्षको उमेरमा निधन भएको हो ।
धादिङ घर भएका नेपालकै होचा कलाकारको रुपमा परिचित शाह केही समय यता बोनम्यारो रोगबाट पीडित थिए ।
केही वर्षयता सपरिवार काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि मात्र काठमाडौं फर्किएको पारिवारिक श्रोतको भनाई छ ।