बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चुनावी प्रचारमा गाँउ गएका राजेन्द्र पाण्डे लडेर घाइते, काठमाडौंमा उपचार हुदै

बुधबार, कार्तिक २९ २०७४

 कात्तिक,मलेखु –
 धादिङ चुनावी प्रचारमा गएका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे बुधबार लडेर घाइते भएका छन्।

दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा मजुवा लिखुतर्फ जाँदै गर्दा चिप्लिएर लड्दा घाइते भएको पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले जानकारी दिए।

टाउको र गालामा चोट लागेको पाण्डेको नौविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ।पाण्डे धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार हुन्।रासस