बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बुढीगण्डकी जलविद्युत आयोजना खारेज गरेकोमा प्रचण्ड असन्तुष्ट

बुधबार, कार्तिक २९ २०७४

चितवन कात्तिक, २९–
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्पनीसँग गरेको बुढीगण्डकी जलविद्युत आयोजना सम्झौता खारेज गरेकोमा सरकारसँग असन्तुष्टि जनाएका छन् । उनले उक्त सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको समेत बताएका छन् । 

उनले सरकारमा आफूहरु सहभागि हुदा हुदै सरकारले निर्णय भटा भट गर्ने गरेको प्रति उनले चर्को असन्तुष्टि समेत जनाए ।  सञ्चारकर्मीहरुसँग  चितवनमा कुरा गर्दै अध्यक्ष प्रचण्डले हामी पनि सरकारमा रहदा रहदै सरकारले एकलौटि निर्णय गर्न नमिल्ने बताए । 

धेरै मेहनत गरेर बुढीगण्डकी आयोजनामा सम्झौता गरिएको र यो सफल हुँदा आर्थिक क्रान्ति नै हुने अवस्था रहेको भन्दै उनले भने, ‘एकलौटी ढंगले खारेज गरिएको छ । यो सरकार आर्थिक विकास र सम्बृद्धितिर होइन, निकै संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ भन्ने प्रमाण हो ।’

प्रचण्ड सरकारको अन्तिम समयमा १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो । यो आयोजनाले वन बेल्ट वन रोडमा राख्न समेत प्रस्ताव गरिएको छ । तर, देउवा सरकारले संसदीय समितिको निर्देशन भन्दै उक्त सम्झौता खारेज गरेको जनाएको  छ ।