काठमाडौं कात्तिक, २९–
मंगलबार नेपाल विद्यार्थी संघका नेता आनन्दराज त्रिपाठी नेविसंघ महामन्त्रीमा नियुक्त भएका छन् । नेवि संघका अध्यक्ष नैनसिंह महरले नेवि संघको विधानबमोजिम त्रिपाठीलाई महामन्त्रीमा मनोनीत गरिएको जानकारी गराए । नेवि संघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने प्रावधान छ ।
त्रिपाठी गत नेवि संघको महाधिवेशनमा उनै अध्यक्ष नैनसिंह महरसँग अध्यक्षमा पराजित भएका थिए । उनी विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव जिम्मेवारी तथा केन्द्रीय सदस्य हुदै महामन्त्रीमा मनोनित हुन पुगेका हुन् ।