बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कञ्चन डेभलमेन्ट बैंकको १६ प्रतिशत बोनस घोषणा

सोमबार, कार्तिक २७ २०७४

काठमाडौ कात्तिक, २७– 
कञ्चन डेभलपमेन्ट बैंकले गत आर्र्थिक बर्षको सञ्चित मुनाफा ७ करोड ३६ लाख ४७ हजार ४ सय २८ रुपैयाँ मध्येबाट १६ दशमलव ३ प्रतिशतले हुुने ५ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको छ । सो बाहेक बैंकले कर प्रयोजनको लागि शुन्य दशमलव ८४ प्रतिशत अर्थात २९ लाख २३ हजार ६ सय ८४ रुपैयाँ नगद लाभांस बितरण गर्ने समेतको घोषणा गरेको छ । 
लाभांस बितरण सम्वन्धी सञ्चालक समितीको गत शनिवार बसेको १ सय २७ औं बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।