काठमाडौं कात्तिक, २७–
प्राईम कर्मसियल बैंकले २७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको सञ्चित मुनाफा मध्येबाट सो अनुुपातमा बोनस दिने घोषणा गरेको हो ।
लाभांस बितरणको सम्वन्धमा बैकको कात्तिक २६ गते बसेको सञ्चालक समितीको ३ सय १९ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।