बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नगर प्रमुखको घर जग्गा नेपाल कम्युनिष्ट पार्टीको कब्जामा, चुनाव प्रचार प्रसारमा समेत नहिड्न चेतावनी

सोमबार, कार्तिक २७ २०७४

खोटाङ कात्तिक, २७– 
हलेसी–तुवाचुङ नगरपालिकाका नगर प्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति नेपाल कम्यूनिष्ट पार्टी खोटाङले  नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
कम्युनिष्ट पार्टीले नगर प्रमुख राईलाई  गुण्डा र पैसाको बलमा चुनाव जितेको आरोप समेत लगाएको छ । उसले शनिबार राती बिज्ञप्ति टाँसेर   नगर प्रमुख राई देश लुट्न लागि दलाल संसदीय व्यवस्थाको मतियार बनेको आरोप लगाउदै  उक्त कुरा घोषणा 
 गरेको हो । साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको नियन्त्रित घर, जग्गा, सम्पत्ति जनताले उपभोग गर्ने कुरा बिज्ञप्तिमा उल्लेख छ । नगर प्रमुख राईका अनुसार उनले बिहान उठ्दामात्रै आफ्नो घरको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा गोबरले विज्ञप्ति टाँसेको देखेका हुन् । 
 हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफुहरुलाई बिनियोजन गर्न नेकपाले  निरन्तर  माग गर्दै आएको थियो ।   आसन्न निर्बाचन नगर प्रमुख  राईलाई प्रचार–प्रसारमा नहिँड्न समेत सो पार्टीले चेतावनी दिँदै आएको थियो ।