काठमाडौं, कात्तिक – ‘सिएनएन हिरो’बाट सम्मानीत समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।
आईतबार प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन् । बालुवाटारमा आयोजा गरिएको पार्टी प्रवेश कार्यक्रममा चेलीवेटीको हक अधिकारको क्षेत्रमा क्रियाशिल कोइराला कांग्रेस प्रवेश गरेक िहुन् । चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ३ दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गरेकी हुन् । ‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेश पछि भनिन् , ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाविन्द परियारका अनुसार कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्विकार नगर्ने बताउर्दै लोकतन्त्रलाई थप वजवुत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आवहान गरेकी छन् । उनले भनिन्, ‘म सबैमा लोकतन्त्रलाई स्विकार गरि सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु’ । सामाजिक क्षेत्रमा लामो समय योगदान गरेकी कोइराला अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाति, मधेशी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताईन् । ‘अव जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार कांग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ’ उनले भनिन्, ‘त्यसैले संविधान कार्यन्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर ६ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ ।’