बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो छ सशस्त्रका डीआईजी भट्टराईको सुपारी काण्ड

आइतबार, कार्तिक २६ २०७४

विराटनगर, कात्तिक –
गत १५ गते पक्राउ गरेर वाहिनीमा लगिएको १५ जनामध्येका सशस्त्र प्रहरी निरीक्षक विक्रममणि अधिकारीलाई पूर्वाञ्चल वाहिनीपति जानकीराज भट्टराईले तस्करी गराएको भन्ने आरोपमा कारबाही थालेका छन् । १५ गते पक्राउ परेका १५ जनामध्ये निरीक्षक अधिकारी र लेखाका सई नरबहादुर लिम्बूलाई १७ गते सीमा सुरक्षा कार्यालय मोरङका एसपी भेष बहादुर शाहले जिम्मा लिएर छुुटाएर लगेका थिए । वाहिनीपति भट्टराईलाई अतिरिक्त रकम नबुुझाएको आरोपमा उनीहरुसँगै पक्राउ परेका अन्य १३ जनालाई गोप्य तालिम भनेर वाहिनीमै राखिएको छ । गत असोज २४ गते तस्करसँगको जम्काभेटमा घाइते भएका वरिष्ठ हवल्दार चन्द्र बहादुर तामाङ पनि गोप्य तालिमको नाममा वाहिनीमा यातना खेपिरहेका छन् ।

गत १५ गतेदेखि थुनामा रहेका प्रहरीहरुमा वरिष्ठ हवल्दार चन्द्र बहादुर तामाङ, निसान तामाङ, सन्तोष माझी, हवल्दार अनिष बस्नेत, सहायक हवल्दार भविन्द्र कोइराला, पूर्ण बहादुर लिम्बू र रमेश मण्डल तथा सिपाहीहरु भीम अधिकारी, इन्द्र बहादुर गुुरुङ, ज्ञान चन्द्र साह, चन्दन पुरी, अजय कुमार साह र घनश्याम कार्कीलाई शनिबारसम्म पनि गोप्य तालिमका नाममा यातनागृहमै राखिएको छ ।

उनीहरुलाई २९ गतेसम्म राख्ने तानावाना बनाइएको थियो र घटना सार्वजनिक भएपछि २५ गते शनिबार छाड्ने कुुरा पनि थाहा भएको छ । तर शनिबार अबेरसम्म उनीहरुलाई छाडेको समाचार प्राप्त भएको छैन । इन्सपेक्टर अधिकारीलाई दशैंअघि नभेटेको भित्री आरोप हो । लेखापाल लिम्बूले पनि पैसा नबुुझाएकै कारण कारबाहीमा परेका हुुन् । एसपी भेष बहादुर शाहले आफूमातहतका प्रहरीमाथि अमानुुषिक कारबाही गरिएकोमा असन्तुुष्टि जनाएपछि इन्सपेक्टर अधिकारीसँगै उनीसँग पनि वाहिनीले स्पष्टीकरण मागेको थाहा भएको छ ।

आफ्नै प्रहरीलाई थुुनेर आफ्ना विश्वासपात्र पन्जियार नामका आर्यन भनिने घुुमुुवाको सल्लाहमा यसबीचमा विनोद मेहता नामका व्यापारीको सामान ‘सेटिङ’मा छुुटाए पनि नेपाल प्रहरीले सामान समातेर भन्सारमा बुुझाइदिएपछि विक्षिप्त बनेका वाहिनीपति भट्टराईले इन्सपेक्टर अधिकारीलाई फसाउन राज्यशक्तिको दुरुपयोग गरेका छन् ।

गत १९ गतेको अंकमा आर्थिक दैनिकले रानी भन्सारमा मध्यरातमा खोलेर सुपारी तस्करी भइरहेको समाचार प्रकाशित गरेपछि वाहिनीपति भट्टराई पानीमाथिको ओभानो बन्न प्रधान कार्यालयमा बसेर कसरत गरिरहेका थिए । आर्थिक दैनिकबाट