बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा एक जनाको ज्यान गयो

आइतबार, कार्तिक २६ २०७४

काठमाडौं कात्तिक, २६–
रुपन्देही– रुपन्देहीमा भएको सवारी दर्घटनामा एक जनाको ज्यान गएको छ ।  लु २ त ७३४५ नं. को ट्रयाक्टर र लु ४ प ४५३० नं. को मोटरसाईकल आपसमा ठोक्किदा मोटरसाईकल चालक  ४० बर्षीय जर्नादन यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको हो । 
 लुम्बिनी साँस्कृतिक नगरपालिका लोहडिया चोकमा गएराति दुइ सवारी आपसमा ठोक्किदा मोटरसाईकल चालक यादवको मृत्यु भएको हो । 
दु्र्घटना लगत्तै गम्भीर घाईते यादवको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरी बस्ने मोहम्मद ईलियासको ट्रयाक्टर नियन्णमा लिएको प्रहरीको भनाई छ ।