काठमाडौं कात्तिक, –
बैंकर कृष्णराज लामिछानेले आजदेखि महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ) को कार्यभार सम्हाल्ने भएका छन् । उनी बैंक क्षेत्रमा सफल बैंकरको रुपमा समेत गनिन्नछन् । यसअघि कैलाश विकास बैंकमा दुई कार्यकाल कार्यभार सम्हालेका लामिछानेले आफ्नो कार्यकालमा कैलाश विकास बैंकलाई मूलुककै उत्कृष्ट बिकास बैक बनाउन सफल भएका थिए ।
शनिवार बसेको बैंक संचालक समितिको बैठकले उनलाई ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो । महालक्ष्मी विकास बैंकका तत्कालीन सीइओ रमेशकुमार भट्टराईले राजीनामा दिएपछि कात्तिक १ गतेदेखि सीइओको पद खाली रहेको थियो ।
उनी डेभलपमेन्ट बैंक एशोसियसनका पूर्व अध्यक्ष समेत हुन् । संस्थागत सुशासन तथा बैंकिङ क्षेत्रलाई मर्यादित बनाउने सवालमा नम्बर एक सीइओका रुपमा समेत उनी परिचित छन् । लामिछानेसँग ३० बर्षे बैंकिङ कार्यको अनुभव समेत रहेको छ । नेपाल बैंकमा अधिकृत स्तरको जागिर छाडेर उनी अन्नपूर्ण फाइनान्सको सीइओ भएर गएका थिए । पछि बैंकर लामिछानेले सो कम्पनीलाई २ वर्षमै अपग्रेड गरी कैलाश विकास बैंक बनाएका थिए ।