बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विप्लवका प्रवक्ताले मुख खोले, यसकारण माओवादीका नेतामाथि आक्रमण

आइतबार, कार्तिक २६ २०७४

२६ कात्तिक, काठमाडौं–
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी र हाल माओवादी केन्दका नेताहरुलाई निशाना बनाएको छ ।

शनिबार रोल्पाको माडी गाउँपालिका १ भिट्टाबाङमा माओवादी नेचा बर्षमान पुन चढेको गाडीमा माइन विस्फोट भएको थियो ।

शुत्ररबार रुकुममा जनार्दन शर्मालाई लक्षित गरेर बम प्रहार भएको थियो । आजको नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् ।

पार्टीले रुकुममा शर्मा र रोल्पामा पुनमाथि आक्रमण गर्न खोजेको हो भन्ने जिज्ञाशामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने,

हाम्रो पार्टीको नीति चुनाव खारेज हो ।

त्यसका लागि जनप्रतिरोध अभियान चलाइरहेका छौं ।

आक्रमणको विषयमा हामीले बुझिरहेका छौं । कस्तो रहला तपाईको आज ?