काठमाडौ कात्तिक, २४–
नेपाल राष्ट्र बैंकल कात्र्तिक २६ गते आईतबार पाँच सय करोड रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बोलकवोलको माध्यमद्वारा बैक तथा फाईनान्स, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक समेतले खरिद गर्न सक्ने गरी ११ बर्षे अवधिको “विकास ऋणपत्र २०८५ “ख” बिक्री गर्न लागिएको हो ।
साँवा भुक्तानी मिति २०८५ कात्तिक २७ गते तोकिएको ऋणपत्र खरिदको लागि आईतबार अपरान्ह २ बजेसम्म आवेदन दिनुुपर्ने छ । अर्धवार्षिक व्याजदर भुक्तानी हुुने र आर्जित ब्याजमा ब्याजकर समेत लाग्ने उक्त ऋणपत्र धितो राखेर राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा फाईनान्स कम्पनीहरु संग कर्जा समेत निकाल्न सकिने छ ।
खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने उक्त ऋणपत्रमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात ४ सय करोड र १ सय करोड रुपैयाँ छुट्याइएको छ । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार भने नेपाल स्टक एक्सचेन्ज मार्फत हुुने नेपाल राष्ट्र बैकले जनाएको छ ।