बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल पुनरबीमा कम्पनी चौथो बर्षमा प्रवेश

शुक्रबार, कार्तिक २४ २०७४

काठमाडौ कात्तिक, २४–
नेपाल पुनरबीमा कम्पनी लिमिटेड सफलताका साथ तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले केन्द्रीय कार्यालय परिसर सेन्ट्रल विजनेश पार्क थापाथली, काठमाण्डौंमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 
कार्यक्रममा कम्पनीको कार्यालय परिसरका जनता बैंक लिमिटेड, कान्तिपुर पब्लिकेशन, क्लाउड हिमालय, आरएमसि, सेन्ट्रल विजनेश पार्क, सुवोध एशोसिएट्स लगायत बीमहरु नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड, राष्ट्रिय बीमा संस्थान, लाइफ इन्सयोरेन्स कर्पोरेशन (नेपाल) लगायत अन्य कम्पनीका कर्मचारी समेत गरी ३४ जनाले रक्तदान गरेकोे कम्पनीले जनाएको छ । 

यसै गरी कम्पनीले आफ्नो जन्मोत्सवको अवसरमा २०७४÷०७÷२१ गते विहान ७ः३० बजे कार्यालय परिसर थापाथली देखि त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, भद्रकाली, माइतिघर, हुँदै पूनः कार्यालय परिसर सम्म विभिन्न बीमक तथा कम्पनीका कर्मचारी एवं पदाधिकारीको सहभागिता सहित वृहत प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।
सन् २००४ मा आकष्मिक बीमा कोषको नामबाट स्थापना भएको यस कम्पनी नेपाल सरकार तथा  निर्जीबन बीमा  कम्पनीहरुको नीजि सार्वजनिक सझेदारी मोडलमा संयुक्त रुपमा स्थापना भएको थियो । २०७१ साल कात्तिक २१ गते विधिवत रुपमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड  स्थापना भएको थियो । गत आर्थिक बर्षमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरुबाट करिब ३ अर्ब ६ करोड, जीवन बीमा कम्पनीहरुबाट करिब ३० करोड ६४ लाख गरी कूल ३ अर्ब ३७ करोड बराबरको ब्यवसाय गर्न सफल भएको थियो भने कम्पनीले एशिया, युरोप र अफ्रिकी मूलुक लगायत विभिन्न देशहरुबाट समेत ब्यवसाय भित्र्याउन सफल भएको पनि कम्पनीले जनाएको छ ।