बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सोलुखुम्बुमा वाम गठवन्धनको आक्रमणबाट आधा दर्जन कांग्रेस कार्यकर्ता घाइते, गम्भिर घाईते तामाङलाई हेलिकप्टेरबाट काठमाडौं ल्याईयो

शुक्रबार, कार्तिक २४ २०७४

काठमाडौं, कात्तिक २४–
सोलुखुम्बुमा वाम गठवन्धनका कार्यकर्ताले कांग्रेसका नेता कार्यकर्तामाथि आक्रमण गरेका छन् । आज बिहान दुधकौशीका गाँउपालिकाको लोखिममा चुनावी सभामा जान लागेका सोलखुम्बुका प्रतिनिधिसभा तर्फका कांग्रेस उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य बलबहादुर केसी, प्रदेशसभा क का उम्मेदवार प्रकाश सिं कार्की लगायत अन्य नेता कार्यकर्तामाथि जंगलमा लुकेर बसेका वाम गठवन्धनका कार्यकर्ताले अन्धाधुन्द ढुंगामुढा आक्रमण गरेको ने. वि. संघ पूर्व केन्द्रीय सदस्य एवं सोलखुम्बु कांग्रेसका युवा नेता कृष्ण कटेलले तीनघुम्तीलाई जानकारी गराए ।

सोलुखुम्बुमा कांग्रेसप्रति देखिएको जनलहरबाट अत्तालिएर उनीहरु आक्रमणमा उत्रिएको कटेलको भनाई छ । उक्त आक्रमणमा परेर कांग्रेस जिल्ला कोषाध्यक्ष पेमा तामाङ सहित आधा दर्जन कांग्रेस कार्यकर्ता घाइते भएको र उनीहरको धेरैको स्थानिय स्वास्थ्य चौंकीमा उपचार भैरहेको छ । तर, गम्भिर घाईते  कोषाध्यक्ष पेमा तामाङलाई नेपाली सेनाको हेलिकप्टेरबाट काठमाडौं ल्याईपुर्याईएको छ ।  वामपन्थीहरुले आक्रमण गरेपनि कांग्रेस नेता एवं उम्मेदवार बलबहादुर केसी लगायत नेता कार्यकर्ता निर्धारित स्थलमा पुगिसकेको र कार्यक्रम सुरु भैसकेको कटेलले जनाए । 

यसअघि बिहिबार साँझ सोताङमा तरुणदलका कार्यकर्ता बास बसेको स्थानमा समेत वाम गठवन्धनका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए । तर, सो आक्रमणबाट कोही  पनि घाइते नभएको उनले बताए । कटेलका हनुसार वाम गठवन्धनका कार्यकर्ताहरु अत्तालिएर कांग्रेस कार्यकर्तामाथि लुकेर आक्रमणमा उत्रिएका हुन् ।
 प्रतिनिधिसभामा एक मात्र क्षेत्र रहेको सोलखुम्बुमा कांग्रेसका  बलबहादुर केसी चुनावी मैदानमा छन् भने प्रदेशसभा तर्फ क मा प्रकास सिं कार्की तथा ख मा आंगेलु शेर्पा मैदानमा छन् ।