काठमाडौ कात्तिक, २३–
संगीत बजारमा धमाका मच्याउन प्रजोल पारखी(जगत)ले ‘आउछन पछि पछि’ बोलको गीत बजारमा ल्याएका छन् । प्रजोल पारखी(जगत) र पुर्णकला बि सीले स्वर दिएको उक्त गीतमा लय प्रजोल पारखीकै रहेको छ । शिव दर्शन फिल्मस प्रालीले उत्पादन तथा बितरण गरेको गीतमा शब्द दण्डिराज जोशीको रहेको छ । अनिश लामाले निर्देशन गरेको उक्त गीतमा मुकेश हुमागार्इको छायांकन रहेको गीतमा सम्भव रामदाम र रिना थापाको अभिनय रहेकोे छ ।