बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपत्यकाका चालक सह–चालकलाई पोशाकको तयारी

बिहिबार, कार्तिक २३ २०७४

काठमाडौं कात्तिक, २३–
महानगरीय ट्राफिक महाशाखाले  यातायात मजदुरको पहिचान झल्किने गरी सवारी चालक तथा सह–चालकलाई विशेष पोशाक तोक्ने तयारी गरेको जनाएको  छ  । उनीहरुलाई त्यस्तो खालको पोशाकले  अनुशासित बन्न सहयोग पुग्ने महाखाले बिश्वास समेत लिएको छ ।  ट्राफिक प्रहरी महाशाखाले छलफलमा झण्डै ५० वटा यातायात समितिले युनिर्फम तोक्ने विषयमा सहमति जनाईसकेको जनाएको छ । 

पुनः एकपटक बृहत छलफल गर्ने र शो छलफलमा कस्तो किसिमको ड्रेस, कसरी लागू गर्ने भन्नेबारे निर्णय गरिने महाशाखाको भनाई छ  । केहि समय यता सार्वजनिक सवारी साधनमा यात्रुहरु चालक तथा सहचालबाटै दुब्र्यवहारमा परेको गनासा आएपछि उनीहरुलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाउन छुट्टै ड्रेस बनाउन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्याकामा झण्डै ३२ हजार सार्वजनि सवारी साधन छन् । निजी विद्यालयका बसका चालक तथा सहचालकलाई पनि छुट्टै पोशाक व्यवस्था गर्न महाशाखाले प्याबसन तथा एन प्याबसनलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय रुपमा पनि सार्वजनिक सवारी चलाउनेले विशेष पोशाक लगाउने चलन छ ।